Like us!
Follow us!
Connect us!
Watch us!

तटबन्धन निर्माणका लागि पाँच लाख सहयोग

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १० : ३७ मा प्रकाशित

तटबन्धन निर्माणका लागि पाँच लाख सहयोग

लमजुङ समाज युकेले लमजुङको दोर्दी गाँउपालिका ८ हिलेबजारमा तटबन्धनका लागि सहयोग गरेको छ । गत असारमा गएको बाढीले क्षति पुर्‍याएकाे स्थानमा तटबन्दन निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो ।

लमजुङ समाज युकेका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्दन निमार्णका ५ लाख १५ हजार रुपैयाँ दोर्दी गाउँपालिका ८ का वडा अध्यक्ष तुलबहादुर गुरुङ र निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

समाजले केही महिनाअघि पनि तटबन्दन निर्माणको लागि ९ लाख १ हजार ४२ रुपैयाँ सहयोग गरेको थियो । स्थानीय वडा अध्यक्ष गुरुङका अनुसार लमजुङ समाज युकेले हाल सम्म १४ लाख १६ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

जोखिममा रहेको हिलेबजारका स्थानीयलाई आगामी दिनमा बाढीबाट सुरक्षित हुनका लागि सहयोग होस भनि तटबन्दन निर्माणका लागि सहयोग गरिएकाे समाजले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको