Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन नेप्सेको ओरालो यात्रा, किन निरन्तर घट्दैछ बजार ?

नेप्से

विहीबार, २७ माघ २०७८, १४ : ५८ मा प्रकाशित

रोकिएन नेप्सेको ओरालो यात्रा, किन निरन्तर घट्दैछ बजार ?

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । मंगलबारदेखिको ओरालो यात्रालाई नेप्सेले आज पनि निरन्तरता दिएको हो । यसअघि सोमबार नेप्से दोहोरो अंकले बढेको थियो ।

अहिलेको बजारको करेक्सन नितान्त रुपमा अर्थतन्त्रमा देखिएको तरलता संकटका कारण आएको बताउँछन् अनुभवी एवं सक्रिय लगानीकर्ता गोपाल स्वामी । 'अहिले बढ्दो तरलताका कारण बैंकको कर्जाको ब्याजदर पनि बढिरहेको छ बैंकहरु थप कर्जा लगानी गर्ने अवस्थामा छैनन् जसका कारण केही हदसम्म बजारमा करेक्सन आयो निर्वाचनका कारण मास साइकोलोजी केही बलियो भएपनि त्यसले बजारलाई टिकाउन सकेन ठुला ब्रोकरहरुबाट म्यासिभ सेल आउँदा चुनावको समाचारकै कारण पनि बजार धेरै समय बढ्न सकेन' उनले भने 'अहिले नै बजार बियरिस चक्रमा प्रवेश गरेको भने कदापी होईन यो बुल भित्रको करेक्सन हो अब केही दिनसम्म बजार यस्तै अवस्थामा चल्न सक्छ तर फाल्गुनको दोस्रो साता पछि भने बजारमा सकारात्मक माहोल फर्कने मेरो अनुमान हो, अहिले पनि कतिपय कम्पनीहरु राम्रै चलिरहेका पनि छन् त्यस्ता कम्पनी हेरेर लगानी गर्नसके अहिले पनि बजारमा कमाउने अवसर छ ।' 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ५२७.२८ विन्दुमा झरेकाे छ ।

कूल २२७ वटा कम्पनीकाे ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, बिहीबार काराेबारमा नेपाल टेलिकम अब्बल छ । कम्पनीकाे २५ कराेड ४८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.३३ प्रतिशतले बढेर ४ सय ८९ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४ प्रतिशतले घटेर एक हजार ६ सय ५६ रूपैयाँ कायम भएकाे छ । 

समिक्षा :चुनाव घोषणापछि सेयरबजार किन घट्यो ? अबको सेयरबजार कता ? Dr.Bimal Tiwari | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको