Like us!
Follow us!
Connect us!
Watch us!

२० प्रतिशतले बढ्यो नागरिक लगानी कोषको खुद मुनाफा, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

शनिबार, २९ माघ २०७८, ०७ : ३९ मा प्रकाशित

२० प्रतिशतले बढ्यो नागरिक लगानी कोषको खुद मुनाफा, अन्य वित्तिय अवस्था कस्तो ?

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित विवरण अनुसार विवरण अनुसार कम्पनीको मुनाफा २०.७२ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषले ३८ करोड ९४ लाख ६० हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ३२ करोड २५ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कोषको ब्याज आम्दानीमा पनि १६ प्रतिशतले वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले ७ करोड ६५ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो बढेर ८ करोड ८७ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा ४९ करोड ११ लाख ३४ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा वृद्धि भएर ५८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुगेको छ । 

कोषको खुद मुनाफा वृद्धि भएपनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्षको यहि अवधिमा कोषको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ रहेकोमा अहिले त्यो १२ रुपैयाँले घटेर २४ रुपैयाँ पुगेको छ । कोषको खुद मुनाफामा वृद्धि हुदाँ पनि प्रतिसेयर आम्दानी घट्नुको कारण कोषले गत आर्थिक वर्षमा हकप्रद सेयर र बोनस सेयर वितरण गरि पुँजी वृद्धि गरेको थियो बृद्धि पुँजीको तुलनामा मुनाफा बृद्धि हुननसकेकाले प्रतिसेयर आम्दानीमा गिरावट आएको हो । कोषको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

620713e52f555.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको