Like us!
Follow us!
Connect us!
Watch us!

‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, १३ : १६ मा प्रकाशित

‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी

‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ठगी गरेको आरोपमा रौतहट माधबनारायण नगरपालिका–२ का सुभम साह र बारा महागढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । दवै जना पर्साको वीरगञ्ज बस्दै आएका थिए ।

उनीहरुले ९८२९४०२०४९ नम्बरबाट ई–सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी सर्वसाधरणलाई बिश्वासमा पारी ई–सेवा आईडीको ओटीपी प्राप्त गरेको प्रहरीले जनाएको छ ।

ओटीपी पाएपछि बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुले आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको प्रहरुलिे जनाएको छ । 

यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ । 

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको