Like us!
Follow us!
Connect us!
Watch us!

रिडी र रैराङकाे विशेष साधारण सभा आज हुँदै, मर्जरको प्रस्ताव अनुमोदन गर्ने

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १० : ०३ मा प्रकाशित

रिडी र रैराङकाे विशेष साधारण सभा आज हुँदै, मर्जरको प्रस्ताव अनुमोदन गर्ने

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज (असार १७ गते, शुक्रबार) हुँदैछ । 

यी दुवै कम्पनीकाे विशेष साधारण सभा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । जसमध्ये रैराङ हाइड्रोको सभा बिहान ११ बजेदेखि र रिडीको हाइड्रो दिउँसो १.३० बजेदेखि सुरु हुनेछ ।

दुवै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेका हुन् । रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच गत वर्ष कार्तिक १७ गते एक आपसमा मर्जर गर्ने सम्झौता भएको थियो । रिडी हाइड्रोपावरको कार्तिक १२ गते सम्पन्न बीसौँ वार्षिक साधारण सभाले रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

यी कम्पनी १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर हुँदैछन् । जस अनुसार रैराङ हाइड्रोको १०० कित्ता सेयर हुनेले अब रिडी हाइड्रोको नाममा ९३ कित्ता सेयर पाउनेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको