Like us!
Follow us!
Connect us!
Watch us!

रिडी र रैराङको एकिकृत कारोबार साउन १५ भित्रै, ७ सयमाथि कारोबार खुल्ने अनुमान

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १२ : ११ मा प्रकाशित

रिडी र रैराङको एकिकृत कारोबार साउन १५ भित्रै, ७ सयमाथि कारोबार खुल्ने अनुमान

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संयुक्त कारोबार साउन १५ गतेभित्रै हुने भएको छ ।

आज रैराङ हाइड्रोपावरको विशेष साधारण सभामा बोल्दै  रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेले दुई कम्पनीको एकिकृत कारोबार साउन १५ गतेभित्रै सुरू गर्ने बताएका हुन् । 

एकिकृत कारोबारपछि दोश्रो बजारमा कारोबार खुल्दा ७ सय रूपैयाँ भन्दा माथि कारोबार खुल्ने उनले अनुमान गरेका छन् । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएपछि गत कार्तिक १८ गते बिहिबारदेखि दोस्रो बजारमा यी दुई कम्पनीको कारोबार रोक्का छ ।

मर्जर पश्चात् बन्ने कम्पनीको नाम रिडी पावर कम्पनी लिमिटेड रहनेछ । त्यस्तै, कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौँमा रहनेछ ।

रिडी हाइड्राे र रैराङ हाइड्रोपावरलाई १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर हुन लागेका हुन् । जस अनुसार रैराङ हाइड्रोको १०० कित्ता सेयर हुनेले अब रिडी हाइड्रोको नाममा ९३ कित्ता सेयर पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको