Like us!
Follow us!
Connect us!
Watch us!

रिडि र रैराङले डाके विशेष साधारणसभा, मर्जरको प्रस्ताव अनुमोदन गर्ने

अर्थ संसार

विहीबार, ०२ असार २०७९, ०६ : ४८ मा प्रकाशित

रिडि र रैराङले डाके विशेष साधारणसभा, मर्जरको प्रस्ताव अनुमोदन गर्ने

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समिती बैठकले असार १७ गतेका लागि विशेष साधारणसभा डाक्ने निर्णय गरेको हो । 

रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच गतबर्ष कार्तिक १७ गते एक आपसमा मर्जर गर्ने सम्झौता भएको थियो । रिडी हाइड्रोपावरको कार्तिक १२ गते सम्पन्न बीसौँ वार्षिक साधारण सभाले रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

यी दुई कम्पनीहरुको वार्षिक साधारण सभाबाट अनुमोदन गरी एक आपसमा गाभिन सहमतिको लागि गत पौष २६ गते बिद्युत नियम आयोग समक्ष निवेदन पेश गरिएको थियो । लामो समय विद्युत नियमन आयोग नेतृत्व बिहिन हुँदा कम्पनीलाई मर्जरको स्विकृती पाउन बढि समय लागेको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको