Like us!
Follow us!
Connect us!
Watch us!

रिडी र रैराङकाे मर्जर प्रस्ताव विशेष साधारण सभाबाट पारित, मर्जर पश्चात् कस्ताे बन्नेछ कम्पनी ?

अर्थ संसार

शुक्रबार, १७ असार २०७९, १६ : ५२ मा प्रकाशित

रिडी र रैराङकाे मर्जर प्रस्ताव विशेष साधारण सभाबाट पारित, मर्जर पश्चात् कस्ताे बन्नेछ कम्पनी ?

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आज असार १७ गते शुक्रबार सम्पन्न भएकाे छ । दुवै कम्पनीकाे छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीमा मर्ज हुने प्रस्ताव पारित भएको छ।

मर्जर पश्चात् संयुक्त कम्पनीको नाम रिडी पावर लिमिटेड हुनेछ । मर्जर पश्चात् बन्ने रिडी पावर लिमिटेडको मातहतमा तीन जलविद्युत आयोजनाहरु (०.५ मे.वा, रैराङखोला, २.४ रिडीखोला र ९.९ मे.बा. इवाखोला) र एक ८.५ मे.वा क्षमताको ग्रीड जडित बुटवल सौर्य विद्युत आयोजना गरी कुल २१.३ मे.वा, क्षमताका विद्युत आयोजनाहरु हुनेछन् । मर्जर पश्चात् बन्ने कम्पनीको चुक्ता पूँजी १ अर्ब १० कराेड ६३ लाख ५८ हजार रूपैयाँ हुनेछ ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कार्तिक १२ गते सम्पन्न २०औं वार्षिक साधारण सभा र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कार्तिक १७ गते सम्पन्न १८औं वार्षिक साधारण सभाले विशेष प्रस्ताव मार्फत अनुमोदन गरे अनुरुप यी दुई कम्पनीका संयुक्त सञ्चालक समिति सदस्यहरुको बैठकले  गत कार्तिक १७ गते बुधबार एक-आपसमा गाभिने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही दिनबाट दुवै कम्पनीको दोस्रो बजारमा हुने सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीको मर्जर स्वीकृति कम्पनी रजिष्टारबाट तथा धितोपत्र बोर्डको स्वीकृति पश्चात् तत्काल सेयर बजार खुल्ला हुनेछ ।

रिडी र रैराङको एकिकृत कारोबार साउन १५ भित्रै, ७ सयमाथि कारोबार खुल्ने अनुमान

रिडी हाइड्राे र रैराङ हाइड्रोपावरलाई १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर हुन लागेका हुन् । जस अनुसार रैराङ हाइड्रोको १०० कित्ता सेयर हुनेले अब रिडी हाइड्रोको नाममा ९३ कित्ता सेयर पाउनेछन् । 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका दुई जलविद्युत आयोजनाको एकै कम्पनीमा मर्ज हुने पहिलो जलविद्युत कम्पनी बन्न पुगेको छ । दुबै कम्पनीको मर्जरबाट व्यवस्थापकीय खर्चमा कटौती हने, मर्जर पश्चात बन्ने पूँजीबाट ठला जलविद्युत तथा जलाशययुक्त आयोजना निर्माण गर्ने कम्पनी व्यवस्थापनको सोच रहेको छ । त्यसैगरी समस्यामा रहेका साना जलविद्यत आयोजनाहरु यस कम्पनीमा समाहीत गर्दै लाने र सानो व्यवस्थापनबाट धेरै आयोजनाहरु सञ्चालन गर्ने कम्पनीकाे आगामी कार्यनीति हुने बताइएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको