Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोकाे लाेभलाग्दाे प्रगति : नाफा २१५८.४० प्रतिशतले बढ्दा ईपीएस कति ?

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, ११ : १३ मा प्रकाशित

रिडी हाइड्रोकाे लाेभलाग्दाे प्रगति : नाफा २१५८.४० प्रतिशतले बढ्दा ईपीएस कति ?

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण हेर्दा कम्पनीकाे लाेभलाग्दाे प्रगति देखिएकाे छ । 

चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ४८ करोड ३८ लाख ४० हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा २१५८.४० प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड १४ लाख २४ हजार रूपैयाँ नाफा कमाएकाे थियो।

समिक्षा अवधिसम्म कम्पनीले रिडीखाेलाकाे विद्युत बिक्री गरी ४ कराेड २३ लाख ८१ हजार रूपैयाँ, बुटवल साेलारकाे विद्युत बिक्री गरी ६ कराेड ५८ लाख ९७ हजार रूपैयाँ र अन्य श्राेतबाट ६० कराेड ५१ लाख ९४ हजार गरी कूल ७१ कराेड ३४ लाख ७३ हजार रूपैयाँ  आम्दानी गरेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे कुल आम्दानी ८ कराेड एक लाख ३४ हजार रूपैयाँ रहेकाे थियाे । कम्पनीकाे आम्दानीमा उल्लेख्य वृद्धि भएपछि नाफामा पनि ब्यापक वृद्धि देखिएकाे हाे । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र जगेडा कोषमा ४८ करोड ४१ लाख ३६ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ११० रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ६८ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको