Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर प्रदान

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, १७ : १७ मा प्रकाशित

ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत पोखरा महानगरपालिका वडा नं ३० कास्कीस्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले अस्पताललाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक शाखा प्रबन्धक सागर मणि भण्डारीद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा। नारायण ओझालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चाचालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो। 

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित "हाम्रो विकास प्रवर्द्धन कोष​" मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ​। बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ून्यानो नानीू बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना( २ को लागि सहयोग प्रदान गरेको थियो। 

ज्योति विकास बैंकले हाल १११ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको