Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ संसार

बुधबार, ११ फागुन २०७८, १० : २३ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले आ.व. २०७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पूँजी रु. १,१८,३६,०४,४००।- (अक्षरेपी एक अरब अठार करोड छत्तीस लाख चार हजार चार सय मात्र) को ६ (छ) प्रतिशतका दरले हुन आउने रकम रु.७१०,१६,२६४।- (अक्षरेपी सात करोड दश लाख सोह हजार दुई सय चौसठी मात्र) बराबरको बोनस शेयर एवं उक्त बोनस सेयरमा लाग्ने कर वापत चुक्ता पूँजीको ०.३१५८ प्रतिशतले हुन आउने रकम रु. रु. ३७,३७,६९८/- (अक्षरेपी सैतीस लाख सैतीस हजार छ सय अन्ठानब्बे मात्र) नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ४ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको