Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० लाख ६० हजार कित्ता बोनस सूचिकृत

अर्थ संसार

बुधबार, ११ फागुन २०७८, १३ : १२ मा प्रकाशित

नेप्सेमा १० लाख ६० हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता सेयर सूचिकृत भएको हो ।

बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे।

6215e2714a0f8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको