Like us!
Follow us!
Connect us!
Watch us!

थप ३१२ जनामा संक्रमण पुष्टि, ९११ संक्रमणमुक्त

अर्थ संसार

बुधबार, ११ फागुन २०७८, १७ : ०३ मा प्रकाशित

थप ३१२ जनामा संक्रमण पुष्टि, ९११ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४  घण्टामा थप ३ सय १२ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९३ जनाको कोरोना परीक्षण भएकोमा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार १ सय ३ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा २ सय ५६ जना र ३ हजार ५ सय ९० जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा ९ सय ११ जना निको भएर घर पर्किएका छन् भने २ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ९ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल १० हजार ९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको