Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड : लक्की नम्बर ६

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, १५ : २६ मा प्रकाशित

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड : लक्की नम्बर ६

राष्ट्र उत्थान लघुवित्तले निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज सम्पन्न भएकाे छ । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ६ रहेको छ । ६ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख २५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जसमध्ये, ५ हजार ८ सय ५९ जनाकाे रद्द थिए । २५ लाख ७९ हजार ४ सय २ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे वेभसाइट, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वेभसाइट  र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको