Like us!
Follow us!
Connect us!
Watch us!

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स् एण्ड टुर्सका ब्राण्ड एम्बेसडर

अर्थ संसार

शनिबार, १४ फागुन २०७८, ०८ : ३० मा प्रकाशित

क्याप्टेन विजय लामा बने इसेवा ट्राभल्स् एण्ड टुर्सका ब्राण्ड एम्बेसडर

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा  ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्ड एम्बेसडर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

क्याप्टेन बिजय लामा ब्राण्ड एम्बेष्डर नियुक्त भएसँगै अन्तराष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको छ । 

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने “ विजय लामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउँदा हामीलाई गर्व महशुस भएको छ । कार्यक्रममा एफवान थप पारदर्शीता, सुलभता र सहजता ल्याउनसहयोग पुग्ने अपेक्षा गरेका छौँ”

यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर विजय लामाले “ नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले भने, "इसेवाले आन्तरिक टिकटिङ्ग क्षेत्रमा आफुले प्रुफ गरिसकेको छ र अन्तराष्ट्रिय टिकटिङ्गको क्षेत्रमा पनि आफुलाई प्रुफ गर्ने विश्वास रहेको छ र यसमा मैले पनि सक्दो भूमिका खेल्नेछु । ”

कार्यक्रममा एफवान सफ्टका सिइओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तराष्ट्रिय टिकटिङ्गको क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको