Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय सवारी चढ्ने हो लौ आयो फाइदै फाइदा

आइतबार, २५ असार २०७४, १९ : ०७ मा प्रकाशित

विद्युतीय सवारी चढ्ने हो लौ आयो फाइदै फाइदा

अर्थ संसार, काठमाडौँ– पेट्रोल र डिजलबाट चल्ने गाडी किन्ने बिचारमा हुनुहुन्छ भने एक पटक राष्ट्र बैंकको नयाँ मौद्रिक नीति पढ्नुहोस्, तपाइँको सोच परिवर्तन हुनसक्छ ।

मौद्रिक नीतिले ब्यक्तिगत गाडी कर्जाको सिमामा गाडीको मूल्यको ६५ प्रतिशतसम्म कर्जा दिन सक्ने ब्यवस्था गरेको भए पनि बिद्युतीय गाडीलाई ८० प्रतिशतसम्म कर्जा सिमा दिएको छ ।

यस्तो नीतिले बिद्युतीय परिवहनलाई प्रोत्साहित गरेको छ । अब सर्बसाधारणले २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर यस्ता सवारी साधन किन्न सक्नेछन् ।

मूल्यको ५० प्रतिशत मात्रै कर्जा सिमा तोकेर चालु आर्थिक बर्षको मौद्रिक नीतिले कडाई गरेको भए पनि नयाँ मौद्रिक नीतिले भने १५ प्रतिशत थपेर ६५ प्रतिशत पुर्याएको हो । अब ३५ प्रतिशत डाउन पेमेन्ट गरेर गाडी किन्न सकिने भएको छ ।

यो पनि पढ्नुहोस्

अरुण भ्याली हाइड्रोको ३१ लाख बढी कित्ता एफपिओ आउँदै

आजको सेयर बजार : मौद्रिक नीतिलाई हरियो झण्डाले स्वागत

एक सय १२ वित्तिय संस्था खारेजीमा

मौद्रिक नीति स् २५०० खाता खोले एक करोड निर्व्याजी सापटी पाइने

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको