Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि म्युचुअल फण्ड १ काे अवस्था कस्ताे छ ?

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, १४ : ४१ मा प्रकाशित

आरविवि म्युचुअल फण्ड १ काे अवस्था कस्ताे छ ?

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” ले माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ८८ पैसामा सिमित रहेकाे छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा १३ पैसाले घटेकाे हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ १ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ४३ करोड ३२ लाख रुपैयाँमा सिमित छ । उक्त लगानी पाैष मसान्तकाे तुलनामा थाेरै हाे । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४७ करोड ८३ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको