राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” ले फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
फागुन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ७३ पैसामा सिमित रहेकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा १५ पैसाले घटेकाे हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८८ पैसा रहेकाे थियो ।
त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ४२ करोड ४४ लाख रुपैयाँमा सिमित छ । उक्त लगानी माघ मसान्तकाे तुलनामा थाेरै हाे । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४३ करोड ३२ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस