Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा आकर्षण, प्राधिकरणको आईपीओ, बोनस पाउन कर, सेयरधनीको हात खाली + अन्य समाचार

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, २१ : ५० मा प्रकाशित

आज (फागुन १५ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. राष्ट्र उत्थान लघुवित्तको सेयर रजिष्ट्रार नियुक्त, अब सेयर सम्बन्धी सबै काम एनआइबिएल एस क्यापिटलबाट हुने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाकाे सेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यपिटल लिमिटेडलाइ नियुक्त गरेको हो । अब उप्रान्त राष्ट्र उत्थान लघुवित्तको सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरू एनआइबिएल एस क्यापिटलबाटै मार्फत  हुनेछ । कम्पनीको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य क्यापिटलले गर्नेछ।

२. नेप्सेमा सामान्य करेक्सन, हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा सामान्य करेक्सन देखिएकाे छ । घटेकाे बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढेकाे देखिएकाे छ । यस दिन सबैभन्दा धेरै हाइड्राेपावर सूचक बढ्दा सर्वाधिक काराेबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर हाइड्राेपावर कम्पनीहरूले नै अधिकांश हिस्सा ओगटेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा झरेकाे छ । नेप्से ०.२९ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा झरेको छ । कूल २२४ वटा कम्पनीकाे ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्राेपावर उपसमूह र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड ४४ लाख २४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आइतबार एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले बढेर ४ सय ६९ रूपैयाँ ९० पैसा पुगेकाे छ । आज हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.५८ अंकले घटेर ७ सय ३० रूपैयाँमा झरेकाे छ ।

३. नेप्सेमा ३ वाणिज्य बैंककाे बाेनस सूचिकृत, थपियाे ६ कराेड बढी कित्ता सेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ वटा वाणिज्य बैंककाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार कृषि विकास बैंक लिमिटेडकाे २० प्रतिशत बोनस बापतको २ कराेड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता सेयर सूचिकृत भएको हो ।यस्तै, सिद्धार्थ बैंक लिमिटेडकाे १४.२५ प्रतिशत बाेनस बापतकाे एक कराेड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता सेयर सूचिकृत भएको हो । प्राइम कमर्सियल बैंक लिमिटेडकाे १६ प्रतिशत बाेनस बापतकाे २ कराेड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको हो ।

४. ग्रीन डेभलपमेन्ट बैंकले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे माघ १३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे नवाैँ वार्षिक साधारण सभा चैत्र १२ गते, शनिबार हुने भएकाे छ । बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छैन । त्यसैले, बैंकका सेयरधनीहरूकाे हात खाली हुनेछ । त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि चैत्र २ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, चैत्र १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

५. नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, प्रतिकित्ता ६ सय ८४ रूपैयाँ ४८ पैसा कायम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । स्टकका अनुसार कम्पनीको ६.६५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ८४ रूपैयाँ ४८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ सय ३० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीकाे फागुन ६ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे अठ्ठाईसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार कम्पनीकाे केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडाैँमा बिहान ११ बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ । सभामा कम्पनीकाे पौष २१ गते, बुधबार बसेको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

६. नेष्डो समृद्ध लघुवित्तकाे आईपीओमा अन्तिम दिनसम्म २५ लाख बढीले दिए आवेदन, सेयर पाउन भाग्य कै भर

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आज (फागुन १५ गते, आइतबार) अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ । सीडीएसका अनुसार अन्तिम दिन आइतबार साँझसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जनाले ३ करोड १ लाख १३ हजार ७ सय कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३८.८७ गुणा धेरै हो । अन्तिम तथ्यांक थाेरै तलमाथि पर्न सक्नेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

७. ग्लोबल आइएमई लघुवित्तकाे बोनस पाउन कर तिर्नुपर्ने

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले​ आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुराेध गरेकाे छ । तत्कालीन स्पर्श लघुवित्तका सेयरधनीलाई बोनस सेयर पाउनका लागि पहिला कर तिर्न अनुराेध गरिएकाे हाे ।  संस्थाकाे मंसिर  २८ मा सम्पन्न भएकाे नवाैँ वार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई २८% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

८. प्राधिकरणले पायो ‘डबल ए प्लस’ रेटिङ, सर्वसाधारणलाई सेयर जारी गर्न छलफल हुँदै

सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । कार्यकारी निर्देशक घिसिङले सरकारको स्वीकृतिमा नेपाल विद्युत प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई सेयर जारी गर्ने विषयमा पनि छलफल भइरहेको बताएका छन् ।

९. १४ सयले घट्याे सुनकाे भाउ, ४० रूपैयाँले घट्याे चाँदी

आइतबार सुनकाे मूल्य ताेलामा १४ सय रूपैयाँले घटेर प्रतिताेला ९६ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । यसदिन चाँदीकाे मूल्य पनि ताेलामा ४० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ९५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको