Like us!
Follow us!
Connect us!
Watch us!

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा

अर्थ संसार

सोमबार, १६ फागुन २०७८, १३ : ४६ मा प्रकाशित

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु कागज र इँँटा

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ । 

आइतबार संसदले एमसीसी सम्झौैतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो । तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय पारेको छ । 

शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले जानकारी दिए । उनका अनुसार कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ थिएन । 

‘कुकरमा शंका गर्नुपर्ने बस्तु र विस्फोटक पदार्थ पनि थिएन,’ उनले भने, ‘त्यसभित्र कागज र इँटाकोे टुक्रामात्र थियो ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको