Like us!
Follow us!
Connect us!
Watch us!

स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात

अर्थ संसार

सोमबार, १६ फागुन २०७८, १६ : ४९ मा प्रकाशित

स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात

सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लँगी अपोइन्टमेन्ट बुकीङ्ग तथा भुक्तानी इसेवा मोबाईल एप्लिकेशन मार्फत गर्न सकिनेछ ।

इसेवा मोबाइल वालेट भित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरी आफुलाई सहज हुने मिति र समय छनोट गरि डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिनेछ । अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ती दिनुका साथै कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमहरुलाई पनि कम गर्दछ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरु चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ। कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ । 

कोजेन्ट हेल्थ प्रा.लि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको