नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही (फागुन २१ गते शनिवार) बृहत निःशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ ।
बरिष्ठ स्त्री रोग तथा बाँझोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।
नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिबिर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।
शिबिरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सीइओ मिश्राले बताए । शिबिरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ ।
यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिवार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपिडी अभियान समेत संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस