Like us!
Follow us!
Connect us!
Watch us!

काकादेखि डोनसम्म सेयर किन्ने मुडमा !

बसन्त पाण्डे

विहीबार, १९ फागुन २०७८, १७ : ४० मा प्रकाशित

काकादेखि डोनसम्म सेयर किन्ने मुडमा !

सामाजिक संजालमा धेरैले फलो गर्ने सक्रिय लगानीकर्ता केशव कोइराला 'काका' ले 'काकासँग सेयरका कुरा' नामको फेसबुक पेजमा विहिबार बिहान लेखे, 'बजारको हरेक उतार चढाबको उच्च बिन्दु र न्यून बिन्दु ठ्याक्कै कसैलाई थाहा हुदैन।अनुमान सम्म गर्ने हो सबैले। आफू सग बाकी रहेको नगद चाहिँ आइतबार बजार २५ सय आसपासमा आउदा १००% लगाउने योजना बनाएको छु।त्यो भन्दा पनि बजार तल झरेमा फेरि बैंकमा ल्याप्छे ठोक्न जाने बिचार छ।'

त्यस्तै बजारमा शिवचन्द्र डोनका नामले परिचित एक पात्रले बुधबार साँझ लेखे, 'ईण्डेक्स २९५० ताकाको कुरा हो पुग्दै नपुगेको ईण्डेक्स ३००० माथी नयाँ र साना लगानिकर्ता छिर्नु अहिलेको लागी घातक हुनेछ भनेर भन्दा तीन पुस्ते बल लगाएर उछितो काट्दै अहिले स्टप लसको बाटो रोज्ने मित्रहरुलाई 'अब अहिले ईण्डेक्स २५०० को लाईनमा त छिर्नै पर्छ है हामी' भनेर डोनले भन्यो भने खुकुरी लिएर सिधै खेद्न आउने त होला नि हैन?'

माथि उल्लेखित यी दुवै पात्रहरुलाई फलो गर्नेहरुको जमात ठूलो छ। लामो समयदेखि सेयर बजारमा सक्रिय यी दुवैजना बजार उत्तेजित रुपमा बढ्दा अब संयमित हुनुपर्छ है भन्दै लगानीकर्ताहरुलाई सम्झाईरहेका देखिन्छन भने बजार निक्कै घटेर प्यानिक हुँदै गर्दा प्यानिकनेसमा अवसर पो खोज्ने हो कि भनेर झकझक्याइरहेका हुन्छन। यसअघि बजार २२६० बाट बढेर २९०० माथि जाँदै गर्दा कतिपय नाम चलेका विश्लेषकहरुले बजार ३२०० भन्दा माथि जान सक्ने आशयका अभिव्यक्तिहरु दिँदै गर्दा काकाले तल्काललाइ बजार ३००० माथि जाने अवस्था छैन भन्ने विचार प्रस्तुत गरेका थिए भने डोनले ३००० माथि नयाँ लगानीकर्ता छिर्नु हुँदैन भनेर सल्लाह दिएका थिए।  बजार उत्तेजित भैरहेको सो समयमा कतिपयले उनीहरुको अभिव्यक्तिलाई खण्डन गरे। तर बजार २९८३ को बिन्दुसम्म पुगेर झर्न थाल्यो र हिजो बुधबार बजार २५४७ को बिन्दुमा क्लोज भएको अवस्था छ। बजार यसअघिको लो भन्दा पनि तल झर्न सक्ने भन्ने किसिमको त्रास फैलिरहेको अवस्थामा  बजारका अनुभवी तथा लोकप्रिय पात्रहरुबाट आउने यस किसिमका संदेशहरुले आम लगानीकर्तामा सकारात्मकताको प्रवाह हुन जान्छ।  

नेपालको सेयर बजार विकासको चरणमा छ।  पछिल्लो समय धेरै नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरेका छन्। बजारको खासै ज्ञान र अनुभव नभएको यो जमात छिट्टै प्रतिक्रिया जनाउने स्वभावको छ। जताततै सकारात्मक समाचारहरुको प्रवाह भएर बजार टप लाग्ने- लाग्ने बेलातिर किन्ने अनि बजार निक्कै तल झरेको बेलामा स्टपलस भन्दै बेच्ने यो जमातले बेच्ने बित्तिकै बजारमा बटम लागेका थुप्रै उदाहारणहरु छन।  प्राय: ठूला अनि संस्थागत लगानीकर्ताहरुले सेयर बेच्न र किन्न रिटेल लगानीकर्ताहरु उत्तेजित भएको र आत्तिएको मौका ताक्ने हुँदा बजार उत्तेजित हुँदै गर्दा बेचेर निस्कन जान्ने र प्यानिक हुँदै गर्दा छिर्न जान्नेले नै सेयरमा कमाउने कुरामा सायदै कसैको फरक मत रहला !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको