Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिनु नीतिगत भ्रष्टाचार हो : केशव कोइराला

लगानीकर्ताको आवाज

शनिबार, ०१ माघ २०७८, ०८ : ३१ मा प्रकाशित

चर्चित सेयर विश्लेषक केशब कोइराला 'काका' ले यसपालिको सेयर बजार आफुले अनुमान गरेभन्दा फरक लयमा हिँडेको बताएका छन्।

अर्थसंसार डट कमबाट प्रसारण हुने कार्यक्रम 'लगानीकर्ताको आवाज' को ५० औं एपिसोडमा विशेष अतिथिका रुपमा निम्त्याइएका कोइरालाले सो कार्यक्रममा बोल्दै बजार अलि लामै समय साइड्वेजमा जाला भन्ने आफ्नो अनुमान रहेको तर त्यसो नभएर बजार द्रुत गतिमा उकालो लागेको बताउँदै उनले अहिलेको बजारमा पुराना लगानीकर्ताहरुले गरेको धेरै अनुमानहरु फेल खाइरहेको स्वीकार गरेका हुन्। पुराना लगानीकर्ताहरुको तुलनामा कम्तिमा ५ गुणा बढी नयाँ लगानीकर्ताहरु रहेका र तीमध्ये ९९% लगानीकर्ताहरु ट्रेडर बनेर प्रवेश गरेको हुँदा पहिलेको बजारमा भन्दा फरक माहोल देखिएको उनको विश्लेषण छ । अहिलेको बजार प्राविधिक विश्लेषणमा आधारित भएर चलिरहेको र धेरै नयाँ लगानीकर्ताहरु प्राविधिक विश्लेषणको ज्ञान लिएर बजारमा आएको हुँदा बजार बढेर एउटा लेभलमा पुगिसकेपछि बेचिहाल्ने र घटेर एउटा लेभलमा आएपछि किनीहाल्ने प्रवित्ति अहिलेको बजारमा देखिएको उनले बताए। 

बजारमा कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग र इन्साइडर ट्रेडिङ्ग गर्नेहरुलाई कारबाही गर्न नसकेकोमा धितोपत्र बोर्डप्रति उनले रोष व्यक्त गरेका छन।  खुलमखुल्ला इन्साइडर हुँदा पनि धितोपत्र बोर्ड मुकदर्शक बनेर बसेको आरोप कोइरालाले लगाएका छन्।  

अहिले नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिने तयारीलाइ उनले नीतिगत भ्रष्टाचारको संज्ञा दिएका छन् । 'हाम्रै छिमेकी देश भारतमा त्यत्रो ठुलो जनसंख्या छ, त्यत्रो ठुलो अर्थतन्त्र छ तर त्यहाँ अहिले नेपालमा भएका इन्स्योरेन्स कम्पनीका दुइ गुणा मात्रै कम्पनीहरु होलान् ।'  नेपालमा अहिले भएका बीमा कम्पनीहरु नै बढी भएको र नयाँ कम्पनीहरुलाइ लाइसेन्स दिने कुरा कमिसनको खेल भएको बताउँदै उनले अहिले बिमा कम्पनीहरुको पुँजी बढाउनुपर्ने आवश्यकता नभएको पनि उनले बताएका छन्।  अन्य देशहरुमा कम्पनीहरुको पुँजी थोरै हुने तर उनीहरुको रिजर्भमा टन्नै पैसा हुने अनि वित्तिय विवरण आकर्षक देखिने तर नेपालमा पुँजी धेरै हुने, रिजर्भमा पैसा नहुने, अनि पुँजी धेरै कमाइ कम हुने हुँदा त्यसले प्रतिसेयर आम्दानी पनि एकदम कम देखिने गरेको बताउँदै कोइरालाले बरु अहिले भएका इन्स्योरेन्स कम्पनीहरुलाई मर्ज गराएर गुणस्तरीय र बलिया थोरै कम्पनीहरु भए नेपालको बजारलाई पुग्ने विचार व्यक्त गरेका छन्।  

बजारका नयाँ तथा कम अनुभवी लगानीकर्ताहरुलाई सल्लाह दिंदै कोइरालाले  सेयर बजार घट्दा निराश /हतास हुने होइन,बढ्दा म छुट्छु भनेर आत्तियर किन्ने पनि होइन भन्दै बजारले  महँगोमा बेच्ने अवसर बारम्बार दिन्छ र सस्तोमा किन्ने अवसर पनि बारम्बार दिन्छ भन्दै धैर्यता नै सफलताको कडी भएको पनि बताए। यो बजारमा १००% सफल कोही पनि नहुने भन्दै कोइरालाले आफुलाई निरन्तर अपडेट गर्दै लैजाने र अध्ययन अनुसन्धानमा समय दिनेले नै सेयर बजारमा कमाउने पनि बताए। 

भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको