Like us!
Follow us!
Connect us!
Watch us!

चेल्सीका मालिक रोमन अब्रामोभिचकाे घाेषणा, "क्लब बेचेर युक्रेनका युद्ध पीडितलाई सहयोग गर्छु"

अर्थ संसार

शुक्रबार, २० फागुन २०७८, १५ : ४४ मा प्रकाशित

चेल्सीका मालिक रोमन अब्रामोभिचकाे घाेषणा, "क्लब बेचेर युक्रेनका युद्ध पीडितलाई सहयोग गर्छु"

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बेच्ने घाेषणा गरेका छन् । उनले बुधबार एक विज्ञप्ति निकाल्दै आफुले चेल्सी बेच्ने निर्णय गरेको बताएका छन् ।

अब्रामोभिचले क्लब सञ्चालक समितिलाई एक परोपकारी संस्था स्थापना गर्न निर्देशन दिएका छन् । चेल्सी बिक्रीबाट आउने सम्पूर्ण आम्दानी सोही परोपकारी संस्थामा जानेछ भने उक्त संस्थाले युक्रेनका युद्ध पीडितहरुको हितमा काम गर्ने क्लबको आधिकारिक वेबसाइटमार्फत जानकारी गराएका छन् ।

चेल्सी खरिदका लागि अब्रामोभिचले प्रस्ताव पाइसकेका बताइएकाे छ । उनले क्लबको मूल्यकाे बारेमा आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् । तर क्लबको मूल्य ३ अर्ब पाउन्ड स्टर्लिङ राखिएको बताइन्छ । 

युक्रेन आक्रमणपछि बेलायतले १०० भन्दा बढी रुसी नागरिक तथा कम्पनीहरुमा प्रतिबन्ध लगाएको छ । यद्दपि, अब्रामोभिच भने अझै पनि प्रतिबन्ध बाहिरै रहेकाले उनलाई पनि प्रतिबन्ध लगाउनुपर्ने बेलायती सांसदहरुले आवाज उठाउँदै आएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको