Like us!
Follow us!
Connect us!
Watch us!

चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई बर्खास्त

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, ०९ : १४ मा प्रकाशित

चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई बर्खास्त

चेल्सीले प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई बर्खास्त गरेको छ । क्लबले यस सिजनमा सोचे जस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक पोचेट्टीनोलाई हटाएको हो ।

५२ बर्षिय अर्जेन्टिनी प्रशिक्षक पोचेट्टीनो २०२३ को जुलाईमा चेल्सीको प्रशिक्षक नियुक्त भएका थिए । यस सिजनमा चेल्सीको प्रदर्शन उतार चढावपूर्ण रहेको थियो । 

सिजनको अन्त्यतिर चेल्सीले आफ्नो प्रदर्शनमा सुधार गर्दै प्रिमियर लिगमा छैटौं स्थानमा यो सिजन समाप्त गरेको थियो ।

उनको नेतृत्वमा चेल्सीले खेलेका ५१ खेलमा २६ जित ११ बराबरी र १४ खेलमा हार बेहोरेको थियो । 

चेल्सीले छिटै नयाँ प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको