Like us!
Follow us!
Connect us!
Watch us!

महामन्त्री थापाले भने-'एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ'

अर्थ संसार

आइतबार, २२ फागुन २०७८, ०७ : ४१ मा प्रकाशित

महामन्त्री थापाले भने-'एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ'

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अबमूल्यन भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सनिबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने "हाम्रो आफनो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पारे । व्याख्यामा केही नयाँ नभएको र सन्धि सम्झौतामा जे छ त्यही बुझाइलाई स्पष्ट मात्र पारिएको  हो ।"

उनले एमसीसी सम्झौता व्याख्याका सम्बन्धमा काँग्रेस स्पष्ट रहेको छ भन्दै अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसदबाट सहजरुपमा परित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रुपमा लिएको धारणा राखेका थिए । महामन्त्री थापाले आगामी दुई चार महिनापछि जनतामा सो सम्बन्धमा रहेको भ्रम हट्दै जाने बताए । उनले सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलाई आगामी पाँच÷सात वर्षसम्म यस सम्बन्धमा प्रश्न सोधिरहनुपर्ने अन्यथा पुनः अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको