Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारीमा

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १५ : ०६ मा प्रकाशित

एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारीमा

एनएमबि बैंकले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । 

नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमूख कार्यकारी अधिकृत सुनिल के.सि.को विशेष आतिथ्यता तथा एनएमबि बैंक लि. प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो । 

उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारीत काउण्टरका प्रमूख भानुभक्त न्यौपाने, भुमी सुधार तथा मालपोत कार्यालय बिराटनगरका प्रमूख लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाल अतिथीको रुपमा रहेका थिए । 

एनएमबि बैंकले यस लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको