बुधबार सेयर बजारमा हरियाली छाएको छ । लगातार ७ कारोबार दिन घटेको बजार आज भने ४४.५९ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १.७० प्रतिशतले बढेर २६५२.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ । आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ५.७७ अंकले बढेर ४५८.५७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ उपसूचकै मूल्य बढेको छ ।
आज सेयर बजारमा ३ अर्ब ८६ करोड माथिको कारोबार भएको छ । आज ३६२ कम्पनीका ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटक खरिद बिक्री गर्दा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस