Like us!
Follow us!
Connect us!
Watch us!

जर्मन दूतावासले भन्याे– पासपोर्ट खरिद प्रकरणमा नेपाललाई कुनै चेतावनी दिइएको छैन

अर्थ संसार

बुधबार, १७ असार २०८३, १५ : ३५ मा प्रकाशित

जर्मन दूतावासले भन्याे– पासपोर्ट खरिद प्रकरणमा नेपाललाई कुनै चेतावनी दिइएको छैन

काठमाडौंस्थित जर्मन दूतावासले नेपालको पासपोर्ट खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका केही समाचारहरू गलत र भ्रामक रहेको भन्दै आधिकारिक स्पष्टीकरण जारी गरेको छ। बुधबार एक सूचना जारी गर्दै दूतावासले यस प्रकरणलाई लिएर नेपाललाई कुनै पनि सम्भावित परिणाम वा कारबाहीबारे चेतावनी नदिएको प्रष्ट पारेको छ।

तीन बुँदे स्पष्टीकरण सार्वजनिक गर्दै जर्मनीले बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको जनाएको छ। कूटनीतिक अभ्यासमा स्पष्टीकरण माग्नु र छलफलका लागि बोलाउनु बीच स्पष्ट भिन्नता रहने भन्दै दूतावासले बाहिर आएका तथ्यहरू गलत रहेको बताएको छ।

‘न्यायपालिकाको स्वतन्त्रतालाई जर्मनीले पूर्ण सम्मान गर्दछ । वास्तवमा, यो सिद्धान्त हाम्रो संविधानमै सुनिश्चित गरिएको छ । सिद्धान्ततः दूतावासले अदालतमा विचाराधीन मुद्दाका बारेमा टिप्पणी गर्दैन र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी गरेको छैन’, दूतावासले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको