Like us!
Follow us!
Connect us!
Watch us!

इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, कुन रुटको कति ?(सूचीसहित)

अर्थ संसार

विहीबार, १८ असार २०८३, ११ : ४७ मा प्रकाशित

इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, कुन रुटको कति ?(सूचीसहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सो बारे जानकारी समेत गराएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । घटेको भाडादर बुधबारबाटै लागु हुने समेत प्राधिकरणले जनाएको छ ।

नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम २३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज–भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ । काठमाडौं–धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ ।

काठमाडौं–माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको प्राधिकरणले झरेको छ । फ्यूल सरचार्जमा अन्य शीर्षकहरु थप गरी कुल भाडा तय गरिन्छ । प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा माथि वायुसेवा कम्पनीले भाडा लिन पाउँदैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको