Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा नेपाल टेलिकम अब्बल

नेप्से

बुधबार, २५ फागुन २०७८, १५ : ११ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा नेपाल टेलिकम अब्बल

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । साेमबार सुधारकाे संकेत दिएकाे बजारले आज भने ओरालो यात्रा तय गरेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेकाे छ । नेप्से १.१९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा पुगेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ४९ लाख ५९ हजार ९ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार समूह घटेकाे छ ।

बुधबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १० कराेड ५२ लाख २१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज माउन्टेन इनर्जीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८.१० प्रतिशतले बढेर एक हजार एक सय ३५ रूपैयाँ पुगेकाे छ । 

यस दिन विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.७८ प्रतिशतले घटेर प्रतिकित्ता ४ हजार एक सय ९३ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको