Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारकाे ओरालो यात्रामा ब्रेक, के बजार फर्किएकै हाे ?

नेप्से

विहीबार, २६ फागुन २०७८, १५ : ०२ मा प्रकाशित

सेयर बजारकाे ओरालो यात्रामा ब्रेक, के बजार फर्किएकै हाे ?

सेयर बजारकाे ओरालो यात्रामा ब्रेक लागेकाे छ । लगातार घटेकाे बजारमा साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) भने सकारात्मक माहाेल देखिएकाे छ । बजार अर्धसतक भन्दा धेरैले बढेकाे छ ।

बजारको ओरालो यात्रा रोकिएको बताउछन् सक्रिय लगानीकर्ता राकेश क्षेत्री । ‘अहिले युद्धरत रुस र युक्रनेका बिचमा वार्ताको समाचारले आज विश्वकै सेयर बजारमा हरियाली छाएको छ जसको प्रभाव केहि हदसम्म नेपालको बजारमा पनि पर्यो, त्यस्तै चैत्रमा बैंकहरुले ब्याज नबढाउने कुरा बाहिर आएको छ जसले गर्दा पनि लगानीकर्ताहरुको मनोबल केहि वृद्धि भयो’ उनले भने ‘अब केही सामान्य करेक्सन बाहेक बजारमा ठुलो गिरावट आउने संभावना म देख्दिँन बजार बढ्ने नै हो तर अब पनि लगानीकर्ताहरु हौसिएर कमजोर र खेलाडीले चलाएका स्टकमा नलागी आफुले अध्ययन गरेर बुझेर मात्र लगानी गर्नुपर्छ सेयर बजार हो जतिबेला पनि घट्न सक्छ ।’

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेकाे छ । नेप्से २.०८ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२४ अंकले बढेर ४९३.४३ विन्दुमा पुगेकाे छ ।

कूल २२६ वटा कम्पनीकाे ५६ लाख १० हजार ६ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ  । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

त्यसैगरी, बिहीबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ६५ लाख २९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

 

आज इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्य सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ ५० पैसा पुगेकाे छ ।

यस दिन माउन्टेन इनर्जी कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.०८ प्रतिशतले घटेर एक हजार एक सय रूपैयाँ कायम भएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको