Like us!
Follow us!
Connect us!
Watch us!

एशियाकै पहिलो ‘कृषि कर्जा मेला’ नेपालमा

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ११ : १५ मा प्रकाशित

एशियाकै पहिलो ‘कृषि कर्जा मेला’ नेपालमा

विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको ‘कृषि कर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । मेला यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो । 

कृषि कर्जा सम्बन्धमा कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिबृद्धि गराउने उदेश्यले मेला आयोजना हुने भएको हो । उक्त मेलाको आयोजक आर एण्ड डी इनोभेसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका छन भने मुख्य प्रायोजकका रुपमा नबिल बैंक लिमिटेड र कृषि विकास बैंक रहेका छन् । सोमबार आयोजीत पत्रकार सम्मेलनमा कृषकलाइ कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउने उदेश्यले मेला संचालन गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

उक्त मेलाको उदेश्य कृषक र लगानीकर्ता बैंकहरुलाई एकै ठाँउमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिबृद्धि गर्नु रहेको छ । यसका साथै कृषि कर्जाको क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि पहल गर्ने एशियामै पहिलो पटक नेपालमा उक्त मेला आयोजना गर्न लागेको आयोजक संस्था आर एण्ड डीले जानकारी दिएको छ । यस्तो खालको मेला विश्वमा भने अमेरीकाको सानफ्रान्सिस्कोमा आयोजना हुने गरेको छ । मेलामा ‘कृषिमा वित्तीय पहुँचको राष्ट्रिय संवाद’ का साथै देश भरीबाट कृषि उद्यमीहरुको सहभागीतामा कार्यशाला समेत आयोजना गरीने आयोजकले कार्यक्रममा जानकारी दिएको छ ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपालको भविस्य कृषि र पर्यटनमै रहेकोले यसको विकासकालागि प्रविधि सहित लगानी बढाउनुपर्ने बताए । शाहले विदेशिएका नेपाली दाजुभाईलाई स्वदेशमा फर्काउन प्रविधीमैत्री कृषिमा जोड दिनुपर्ने बताए ।

मेलाले कृषक, बैंक, सेवाप्रदायक र नीति निर्मातावीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने आयोजकको विश्वास रहेको छ । मेलामा एक लाख बढि कृषक आउने र उक्त मेलामा स्टल रहने जानकारी आयोजकले दिएका हुन । मेलामा २० बढी बैंकसँगै १ सय ५० कृषि प्रविधिसँग सम्बन्धित उपकरणका स्टल रहनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको