Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाईफद्धारा विद्यार्थीलाई बीमा शिक्षा संचालन

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, ११ : ४९ मा प्रकाशित

सिटिजन लाईफद्धारा विद्यार्थीलाई बीमा शिक्षा संचालन

सिटिजन लाईफ इन्स्योरेन्सले एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८०० बिद्यार्थिलाई ‘बिद्यार्थि संग बिमा’ कार्यक्रम संचालन गरेको छ । कम्पनीले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चैत्र २ गते उक्त कार्यक्रम सञ्चालन गरेको हो । 

आजका विद्यार्थि भोलिका कर्णधार हुन उनिहरुले बीमाबारे ज्ञान हाँसिल गरेमा यस प्रति उनिहरुको आकर्षण बढ्ने र दिर्घकालिन रुपमा जनशक्ति अभावलाई पुर्ति गर्न कोशेढुङा साबित हुने साथै बिमा बारे उनिहरु प्रस्ट हुँदा आफ्नो परिवार समाजलाई बुझाउन सक्ने र बीमाको सचेतना फैलाउन समेत सजिलो हुने हेतुले सुरु गरिएको ‘बिद्यार्थि संग बीमा’ कार्यक्रम ले हाल देश ब्यापि रुपमा निकै चर्चा बटुलेको छ । यस अघि पनि सिटिजन लाइफले यो जागरण अभियान लाई निरन्तर रुपमा गर्दै आइरहेकोमा एकै दिन २० वटा कलेजमा गइ सो अभियान संचालन गरेको भने यो पहिलो पटक हो ।

समृध्दि तपाईको साथ हाम्रो भन्ने मुल नारासहित सफल लगानिकर्ता, दुरदर्शि एव्ं दक्ष म्यानेजमेन्ट टिम,  राष्ट्रका गहनाको रुपमा पृथक पहिचान बनाउनु भएका ब्राण्डएम्बास्डर मह जोडि, नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बीमा योजनाहरु , २० घातक रोगमा ५० लाख सम्मको उपचार खर्च , सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायतका कार्यक्रमहरुले कम्पनिको पहिचान पृथक बनाउनुको साथै आम सर्वसाधारणले समेत खुलेर प्रशंसा गरिरहेका छ्न् ।

ब्यवसायिकतामा समेत अब्बल प्रदर्शन गर्दै कम्पनिले यस आर्थिक बर्षको माघ सम्म आइपुग्दा १९ वटै कम्पनिमा आफूलाई टप ३ मा उभ्याउन सफल भएको छ । भोलिका दिनहरुमा समाजलाई बीमा सम्बन्धि सकारात्मक प्रभाव पार्ने  थप नविनतम कार्यक्रमहरु गर्ने कम्पनिको योजना रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको