Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १२ : ५१ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सकिने भएको छ । 

डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य यो सेवाको थालनी गरिएको हो । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखिएको छ ।

यस सुविधा बारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौं र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून्।” 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छ :

१. खल्ती’ एप लग–इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने 
२. “सिटिजन लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने 
३."DOB" र "Policy Number " भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्
४. अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने 

पाँच हजार प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्छ जसले प्रयोगकर्ताहरूलाई भुक्तानी सेवाहरूको विस्तृत दायराको मजा लिन सक्षम बनाउँछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको