Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री आले र सलमानबीच भर्चुअल संवाद हुने, जेठ १४ गते दबङ रिलोडेड टुर

अर्थ संसार

आइतबार, ०६ चैत्र २०७८, १५ : २७ मा प्रकाशित

मन्त्री आले र सलमानबीच भर्चुअल संवाद हुने,  जेठ १४ गते दबङ रिलोडेड टुर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल संवाद हुने भएकाे छ । संवादमा मन्त्री आले र सलमानले नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने भएका छन् । 

सलमानलाई नेपाल ल्याउन लागेको ओडीसी इन्टरटेनमेन्टले आज आइतबार एक विज्ञप्ति जारी गर्दै भर्चुअल संवाद हुन लागेकाे जानकारी दिएकाे छ । उक्त संवादमा मन्त्री आले र सलमानसँगसँगै नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरू समेत सहभागी हुनेछन् । साेही संवादमा सलमानले नेपाली सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ पनि दिनेछन् ।

आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल हुन लागेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको