हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेकाे छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएकाे छ । पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस