Like us!
Follow us!
Connect us!
Watch us!

कोरानाले दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारीका लागि पूर्वस्वीकृतिको काम सुरु

पत्रपत्रिका

सोमबार, ०७ चैत्र २०७८, ०८ : ०१ मा प्रकाशित

कोरानाले दुई वर्षदेखि बन्द रहेको मलेसिया रोजगारीका लागि पूर्वस्वीकृतिको काम सुरु

कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले गएको मङ्गलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो ।

सो कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले अहिलेसम्म ४०० भन्दा बढी सङ्ख्याको माग स्वीकृति भइसकेको छ भने ६०० भन्दा बढी स्वीकृतिको लाइनमा रहेको जानकारी दिए । उनले वैदेशिक रोजगार कम्पनीमार्फत पूर्वस्वीकृतिका लागि आएका मागको स्वीकृति गर्ने काम द्रत गतिमा भइरहेको पनि जानकारी दिए ।

सो कार्यालयका अनुसार मलेसिया खुलेपछि गएको मङ्गलबारदेखि पहिलो विज्ञापन पूर्वस्वीकृति नम्बर २५८८१६ जारी भई विभागको वेबसाइटमा सार्वजनिक भएको छ । सो कार्यालयका सूचना अधिकारी नागिलाका अनुसार सरकारले मलेसिया रोजगार खुला गरिसकेकाले अब दूतावासले प्रमाणित गरेको मागको निवेदनले धमाधम विज्ञापन पूर्वस्वीकृति पाउनेछ ।

मलेसियामा रोजगारीका लागि विशेषगरी निर्माण क्षेत्रका कामदार, सुरक्षा गार्ड र उत्पादन क्षेत्रमा कामदारको माग आउने गरेको छ । गएको साता श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा नेपालीलाई रोजगार गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएको मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरेका थिए ।

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको