Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सुधार्ने प्रयासमा सरकार, ‘उच्चस्तरीय समिति’ गठन हुँदै

अर्थ संसार

सोमबार, ०७ चैत्र २०७८, १४ : २५ मा प्रकाशित

अर्थतन्त्र सुधार्ने प्रयासमा सरकार, ‘उच्चस्तरीय समिति’ गठन हुँदै

सरकार अर्थतन्त्र सुधार्ने प्रयासमा लागेकाे छ । अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको हाे ।

विगत ८ महिनादेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै उच्चस्तरीय समिति गठन गरी अहिलेकाे चुलिँदो आर्थिक संकट समाधान गर्नुपर्ने धारणा राखेका हुन् ।

 

प्रत्येक तीन–तीन महिनामा बस्नुपर्ने बैठक प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएयता बस्न सकेको थिएन । प्रधानमन्त्री देउवाले बोर्डको पहिलो बैठक बोलाएर उद्योगीसँग छलफल गर्दै वर्तमान आर्थिक स्थितिको बारेमा चासो समेत राखेका छन् । 

बैठकमा उद्योगीहरुको ‘बिफ्रिङ’ सुनेपछि प्रधानमन्त्री देउवाले उच्चस्तरीय कमिटी गठन गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

बोर्डको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित विभिन्न विभागीय मन्त्रालय सचिवको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको