Like us!
Follow us!
Connect us!
Watch us!

३५ दिन भित्र अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीसीको आग्रह

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ०६ : २७ मा प्रकाशित

३५ दिन भित्र अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीसीको आग्रह

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले ४०० केभी रातमाटे सब-स्टेसनका लागि अधिग्रहण गरिएका घरजग्गा खाली गर्न सूचना गरेको छ । 

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) द्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सब-स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको छ । 

'ती अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरुप सब-स्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका महानुभावहरुले अधिग्रहण गरिएका घरजग्गाहरू यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ' सूचनामा भनिएको छ । 

62391bc64af5b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको