Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशका विद्यालय, वृद्धाश्रम तथा अस्पताललाई आर्थिक सहयोग

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १३ : १४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशका विद्यालय, वृद्धाश्रम तथा अस्पताललाई आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताललाई कूल नौं लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । 

यस अन्र्तगत बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई पचास हजार साथै जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालय (प्राबिधिक धार)लाई   एक लाख रुपैयाँ साथसाथै हुम्ला जिल्लाको लालिगुँराश मा.वि, कोट मा.वि तथा हिमज्योती मा.वि प्रत्येकलाई तेत्तिस हजार तिन सय तेत्तिस रुपैयाँ हस्तानतरण गरेको छ । 

विद्यार्थीहरुको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै बैंकले  विद्यालयलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन आर्थिक सहयोग प्रदान गरेको हो । यस सहयोगबाट सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विश्वास बैंकले लिएको छ ।

साथसाथै बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी ,कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई पचास हजार रुपैयाँ   हस्तानतरण गरेको छ । यस सहयोगले त्यहा रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा वेवारिसे,मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुर्नस्थापना, अनाथ तथा बेसहाराहरुको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्ने छ । यस सहयोगले गरिब र पिछडिएका परिवारका बच्चाहरूलाई निःशुल्क शिक्षा, खाना र आश्रय पनि उपलब्ध गराउन मद्दत गर्नेछ ।

साथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई पँचास हजार हस्तानतरण गरेको छ । यस रकम त्यहा आवश्यक विभिन्न सर सामानहरु ख्रिद गर्नका लागी उपयोग हुनेछ ।

साथै निकट भविष्यमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकको योजना रहेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सम्मृद्ध नेपाल र सुखी नेपाली ’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । 

बैंकले यही बैशाख ७ गते १५औँ वार्षिकोत्सव मनाउदै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको