Like us!
Follow us!
Connect us!
Watch us!

अनिवार्य प्रयाेग गर्नुहाेस् २ स्टेप भेरीफिकेशन, आवश्यक किन ?

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १५ : ३९ मा प्रकाशित

अनिवार्य प्रयाेग गर्नुहाेस् २ स्टेप भेरीफिकेशन, आवश्यक किन ?

इन्टरनेटमा हुने व्यक्त भएका खाताहरु पूर्ण रूपमा सुरक्षित रहँदैनन् यद्यपि व्यक्तिगत जानकारीलाई थप सुरक्षित राख्न विभिन्न प्रणालीको प्रयोग गरिन्छ । अहिले दोहोरो प्रणालीको सुरक्षा विश्वसनीय मानिन्छ । २ स्टेप भेरीफिकेशन सुरक्षाको दोश्रो तह हो जसलाई सुरक्षित तह पनि भन्ने गरिन्छ। अहिले प्रायः सबै प्रकारका सामाजिक सञ्जालमा यो फिचर प्रयोग हुँदै आएको पाइन्छ भने वित्तीय सेवा प्रदान गर्ने सबै प्रकारका सफ्टवेयरमा अनिवार्य रुपमा २ स्टेप भेरीफिकेशन रहेको हुन्छ जसले विश्वसनीय कारोबार र प्रयोगकर्तालाई अन्य समयमा वा कतैबाट प्रयोग भइहालेमा SMS वा देखाएको मेसेज सिस्टम बाट अनधिकृत प्रयोग भएको जानकारी पाइन्छ र आधिकारिक कोड बिना थप लग इन सेवा बन्द हुन्छ। 

२ स्टेप भेरीफिकेशन सँगै लग इन गर्न ओ टी पी कोड अर्थात् एकपटक प्रयोग गर्न मिल्ने कोड रजिस्टरड मोबाइल नम्बरमा प्राप्त हुन्छ यो कोड प्राप्त गर्न लग इन जानकारी अर्थात् आईडी र पासवर्ड भने उपयुक्त प्रयोग गर्नुपर्छ। सही ओ टी पी राखेपछि मात्र अकाउन्ट लग इन हुन्छ।

२ स्टेप भेरीफिकेशनको प्रयोगले तपाईंको अकाउण्टको सुरक्षालाई दोहोरो हुन्छ र खातामा हुने अनाधाकृत पहुंच बाट टाढा रहन्छ भने अनलाइनबाट गरिने विद्युतीय कारोबारमा विश्वसनीयता प्राप्त हुन्छ भने तपाईंले रजिस्टर गर्नुभएको फोन नम्बर हराएको खण्डमा भने उक्त ओ टी पी कोड प्राप्त गर्न सोही नम्बर आवश्यक रहने हुदा केही समस्या आउन सक्छ। 

२ स्टेप भेरीफिकेशनले तपाईँको डाटा र खाताको सुरक्षा हुने हुँदा येसको प्रयोग गर्न अनुरोध गर्दछौं जसले अनाधकृत पहुँच र हुनसक्ने संभावित दुर्घटनाबाट टाढा राख्छ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको