Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युतमा साना लगानी र पर्यटक आकर्षित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, १६ : ५० मा प्रकाशित

जलविद्युतमा साना लगानी र पर्यटक आकर्षित गर्न नवनियुक्त राजदूत शर्मालाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ । भारतका लागि नवनियुक्त राजदूत शर्मासंग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो । 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसंगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए । 
मल्लले भने, ‘समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । निर्यातको हिस्सा पनि सवैभन्दा धेरै भारतसंगै  ७५ प्रतिशत छ । चालु आर्थिक वर्षको ८ महिनामै भारतसंग व्यापारघाटा ६ खर्व ७९ अर्व रुपैयाँ पुगिसकेको छ । व्यापारघाटा कम गर्ने एक मात्रै बिकल्प भारतीय लगानी मार्फत उत्पादन वृद्धि र पर्यटन आवगमन बढाउनु हो, ।’

सबै भन्दा नजिकको छिमेकी भारतमा रहेका १ अर्व ३८ करोड जनसंख्याको शुन्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाईदा लिन सक्ने अध्यक्ष मल्लको भनाई छ । मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आर्कषित गर्न सके धरै फाईदा लिन सकिने अध्यक्ष मल्लले बताए ।

राजदूत शर्मासंग अध्यक्ष मल्लले निर्यात सहजिकरण गरीदिन पनि आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष मल्लले राजदूत शर्माको ध्यानकर्षण गराए । चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धर्मा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्डमा  नेपाली व्यवसायीले अनावश्यक दुःख पाईरहेको गुनासो गरेका थिए । नेपाली सामान बोकेका कन्टेनरहरु लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजिकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका थिए ।

जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टीन ल्याव स्थापनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको