Like us!
Follow us!
Connect us!
Watch us!

तीन खम्बे नीति मार्फत कृषिमा आत्मनिर्भर : चेम्बर

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १३ : ०० मा प्रकाशित

तीन खम्बे नीति मार्फत कृषिमा आत्मनिर्भर : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले तीन खम्बे कृषि नीति अन्र्तगत सरकारसंग सहकार्य गर्ने  भएको छ । बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको हो । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा कृषि तथा  पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवसंग चेम्बरले आत्मनिर्भर कृषिका लागि  सहकार्य गर्न प्रस्ताव गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताए । कृषि प्रधान मुलुकमा वार्षिक ५० अर्व ५३ करोड रुपैयाँ बराबरको खाद्यन्ह आयत हुनु मुलुक कै लागि दुर्भाग्य भएको मल्लले बताए । आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरि व्यापार घाटा बढेको अध्यक्ष मल्ले बताए । 

मल्लले भने, ‘सरकारले उपयुक्त लगानीको वातावरण बनाईदिने हो भने निजी क्षेत्र  कृषिमा लगानी गर्न तयार छ । किसानको उत्पादन देखि बजारीकरण राज्यले साथ दिन  आवश्यक छ । खेती किसानीमा लाग्ने कृषकलाई राज्यले सहुलियत ऋणसंगै अनुदानको व्यवस्था गर्न आवश्यक छ, ।’ कृषि क्षेत्रमा लगानी गर्नेलाई राज्यले अनुदान दिएपनि  प्रभावकारी हुन नसकेको र सरकारसंग कृषि अनुदान लिएर जग्गाको कारोबार भईरहेको गुनासो बढेको अध्यक्ष मल्लको भनाई छ । ३० प्रतिशत बाँझो जमिनलाई  उत्पादनमुलक क्षेत्रमा लगाउन सरकार, निजी क्षेत्र र सहकारीले सहकार्य गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । चेम्बरले ७७ वटै जिल्ला कार्यसमिति र अन्य  सरोकारवाला निकायहरुसंग सहकार्य मार्फत कृषि उत्पादन अभियान शुरु गरेको अध्यक्ष  मल्लको भनाई छ । युवाहरुलाई व्यवसायिक खेती तर्फ आर्कषित गर्न चेम्बरले  आवश्यक सवै समन्वय गर्ने समेत अध्यक्ष मल्लले बताए । 

कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा उत्पादकत्व वृद्धि तथा कृषक मैत्री वातावरण बनाउन सरकार लागि परेको बताए । कृषिमा पर्याप्त बजेट नहुँदा पनि अपेक्षा  अनुसारको काम हुन नसकेको मन्त्री यादवले बताए । कृषिमा तीन खम्वे अर्थनीतिका लागि खफूले पहल गरिरहेको र कृषि उत्पादनको बजार सुनिश्चितताका  लागि मन्त्रालयमा काम भईरहेको मन्त्री यादवको भनाई छ ।  

कृषिकले उत्पादन गरेका बस्तुहरुको उत्पादन भण्डारणदेखि बजारीकरण सम्मको  व्यवस्था सरकारले गर्नेगरी तयारी भईरहेको जानकारी दिए । मन्त्री यादवले पहिलो  चरणमा चार प्रदेशमा कृषि उत्पादन बढाउन हरितगृह सञ्चालनमा ल्याउने तयारी भईरहेको समेत बताए । इजरायलबाट फर्किएका युवाहरुले मन्त्री यादवसंग नेपालमा कृषि उत्पादनमा भोग्नु परेका समस्या सुनाएका थिए । उनिहरुले विदेशी  प्रविधी तथा उन्नत जातको विऊ भित्र्याएर नेपालमा कृषि प्रर्वद्धन गर्न खोजेपनि  नीतिगत झण्झटका कारण समस्या भएको गुनासो गरे ।  

कार्यक्रममा इजरायलका लागि पूर्वराजदूत डा. अन्जान शाक्यले इजरायलको कृषि  प्रविधीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
  
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको