Like us!
Follow us!
Connect us!
Watch us!

आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०७ : ३७ मा प्रकाशित

आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ ।

बिहीबार देशका पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको