Like us!
Follow us!
Connect us!
Watch us!

दशरथ रंगशालामा हुने कार्यक्रमका लागि सलमानकाे पारिश्रमिक कति ?

अर्थ संसार

विहीबार, १० चैत्र २०७८, १५ : २७ मा प्रकाशित

दशरथ रंगशालामा हुने कार्यक्रमका लागि सलमानकाे पारिश्रमिक कति ?

भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । 'दबंग टुर' मार्फत उनी नेपाल आउन थालेका हुन् ।

दशरथ रंगशालामा सांगीतिक कार्यक्रमको आयोजना गरिनेछ । दशरथ रंगशालामा हुने कार्यक्रमका लागि सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । 

सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रममा भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकबापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ लिनेछन् ।

सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् ।  उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको