Like us!
Follow us!
Connect us!
Watch us!

भ्यू टावर निर्माण कार्य अलपत्र

शुक्रबार, ३० असार २०७४, ०७ : २५ मा प्रकाशित

भ्यू टावर निर्माण कार्य अलपत्र

अर्थ संसार, काठमाडौंँ–  सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काठमाडौंँ भ्यू टावरको निर्माण कार्य सुरु हुन सकेको छैन ।  प्रस्तावित १२ तल्ले भ्यू टावर निर्माणका लागि दुई वर्षअघि काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच सम्झौता भएको थियो ।  सम्झौताअनुसार पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।

सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काठमाडौँ भ्यू टावरको निर्माण कार्य सुरु नभएको बारे महानगरपालिका र कम्पनीको भनाइ फरक छ ।  काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भन्नुभयो, ‘सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न सकेन, दुई वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले निर्माण कार्य सुरु गरेको छैन । ’

महानगरपालिकाले निर्माण कम्पनीसँग सो भ्यू टावर निर्माणबारे प्रगति विवरण माग गरेको छ ।  प्रवक्ता कार्कीले सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले किन काम सुरु गर्न सकेन भन्ने प्रतिवेदन बुझाउन समिति बनाएर मूल्याङ्कन कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।

निर्माण कम्पनीले बुझाउने प्रगति विवरण र समितिको प्रतिवेदनको आधारमा महानगरपालिकाले सोसम्बन्धी थप निर्णय लिने उहाँले बताउनुभयो ।  महानगरपालिकाका प्रशासन प्रमुख हरि कुँवरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

निर्माण कम्पनीका अध्यक्ष मनोज भेटवालले भ्यू टावर निर्माण कार्य द्रूत गतिमा भइरहेको बताउँदै अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्नुभयो ।  भूकम्पका कारण सम्झौता भएको एक वर्षसम्म कुनै पनि काम गर्न सकिएन भन्दै उहाँले निर्धारित समयमा नै टावर निर्माणसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न हुने बताउनुभयो ।

काठमाडौँको पुरानो बसपार्कमा बन्न लागेको सो टावरको कुल निर्माण लागत तीन अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।  टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने बताइएको छ ।  टावरको ग्राउन्ड फ्लोरमा बस पार्किङ र माथि दुई वटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरूको पार्किङ रहने महानगरपालिकाले जनाएको आजको गोरखा पत्रिकामा समाचार छापिएको छ ।

भ्यू टावरमा सिनेमा हल, थिएटर, स्वीमिङ पुल, बैङ्क तथा काठमाडौँ महानगरपालिकाको वडा कार्यालय समेत रहनेछ ।  त्यसैगरी, नेपाली संस्कृति झल्काउने विभिन्न स्वदेशी उत्पादनका सामाग्री राखिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको