Like us!
Follow us!
Connect us!
Watch us!

"ग्यासले व्यापार घाटा सृजना गर्दै विकल्पमा इन्डक्सन चुलाे"

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १५ : ०९ मा प्रकाशित

ग्यासको प्रयाेग भन्दा विद्युतको प्रयोगले खाना बनाउँदा न्यूनतम खर्चमा खाना तयार हुने बताउँछन् दिगो विकास प्रा.लि.का सञ्चालक धर्म के सी। अध्ययनका अनुसार नेपालमा दैनिक ९२ हजार ग्यास सिलिन्डर खपत हुने र सरकारले सात सय रुपियाँ प्रति सिलिन्डर अनुदान दिने गर्दछ जसले सरकारलाई झण्डै १४ करोड रुपियाँ अनुदानमा गई रहेको छ ।

सरकारले आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थको आयात उच्च रहेको छ र राज्यको निर्यात काम रहेको हुदा यसले व्यापार घाटा सृजना भएको छ । अध्यनका अनुसार समान परिणामको खाना बनाउँदा ग्यासमा २.५० रुपियाँ लाग्ने गर्दछ भने सोही परिणाम को खाना बनाउँदा ग्यासमा १.५० रुपियाँका खाना लाग्ने गर्दछ । विद्युतीय वस्तुको प्रयोगले राज्यलाई आत्मनिर्भर तर्फ उन्मुख गराउने र व्यापार घाटा कम गर्न मद्दत हुने उनी बताउँछन्। 

राज्यले विद्युत निर्यात भन्दापनि आन्तरिक रूपमा खपत गर्न प्रवर्धन गर्नुपर्ने र राष्ट्रभित्रनै विद्युत खपत गर्दा यस्ले अनावश्यक आयातलाई कम गर्ने उनी बताउँछन् । राज्यले प्रयाप्त विद्युत उत्पादन भै अन्तराष्ट्रिय बजारमा बिक्री गर्दा प्रति युनिट ३-४ रुपियाँ मा बिक्री हुने गर्दछ तर राष्ट्रमा नै उपभोग गर्दा प्रतियुनिट ९ रुपियाँ लिने गर्दछ जसले प्राधिकरणलाई पनि आर्थिक भइदा हुन्छ र सरकारले यसको प्रवर्धनमा भूमिका खेल्नुपर्ने उनी बताउँछन्। 

विद्युतीय चुलोको प्रयोगबारे नेपाली समाजका गलत बुझाइ रहेको उनी बताउँछन् र अहिले चुलोको बिक्री एकपटक कसैले प्रयोग गरिसकेपछि छिमेकी तथा चिनेको व्यक्तिलाई भनेर अन्यले पनि प्रयोग गरिरहेको उनी बताउँछन्। उपभोक्ताले विद्युतीय चुलोको खरिद गरेपछि चुलोसंगै दिने सुझाव फारममा उपभोक्ताले यसको प्रयोगले मासिक रूपमा अन्य समयमा १ सिलिन्डर खपत हुने गर्ने समयावधिमा यसको प्रयोगले मात्र ६ ७ सय रुपियाँ विद्युत महशुलमा वृद्धि भएको र प्रायोजक उपभोक्ता सन्तुष्ट रहेको बताउँछन्। उपभोक्ताका अनुसार विद्युतीय चुलोको प्रयोगले खानाको स्वादमा अन्तर नपाएको उनी बताउँछन् । विद्युतको निरन्तर आपूर्ति रही रहेमा ५७-५८ लाख घरधुरीले उपयोग गर्ने अनुमान गरेको बताउँछन्। 

विद्युतीय चुलोको प्रयोग गर्दा पूर्णरुपमा नयाँ भाडाको प्रयोग गर्नुपर्ने उपभोक्ताको बुझाई रहेको उनी बताउँछन् । वास्तवमा इन्डक्सन चुलोमा विशेष किसिमको भाडाको प्रयोग गर्नुपर्ने हुन्छ तर दिगो विकास प्रालिले उत्पादन गर्ने चुलोमा भने विशेष किसिमका भाडाको प्रयोग गर्नु नपर्ने र प्रयोग हुँदै आएका समथल पिध भएका भाडा वा गाउँघरमा मकै भुट्न प्रयोग गरिने हाडी समेत प्रयोग गर्ने सकिने उनी बताउँछन् र विद्युतको सञ्चालन बन्द गरेको १० १५ मिनेटसम्म पनि तातो रही रहने हुँदा खाना भर्सिने गर्दा स्वादमा अन्तर नआउने उनी बताउँछन्। 

विद्युतीय चुलोको प्रयोगले अर्थतन्त्रमा टेवा पुग्ने गर्दछ भने यशले कार्बन इमिसन कम गर्ने हुँदा पर्यावरणमा पनि सहयोग पुग्ने हुँदा सबैलाई प्रयोग गर्न अनुरोध गर्छन्। 

उनीसँगकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको