Like us!
Follow us!
Connect us!
Watch us!

‘अर्थतन्त्र निकै कमजोर अवस्थामा, निजीक्षेत्र मैत्री आर्थिक नीति बनाए सुधार ल्याउन सकिन्छ’

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, १२ : ३० मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एंव सार्क सीसीआईका उपाध्यक्ष चण्डीराज ढकालले देशको अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको बताएका छन् । राजनीतिक अस्थीरताको श्रृखंला र विश्वव्यापी कोरोना संकटबाट नाजुक भएको अर्थतन्त्रलाई रुस युक्रेन युद्धले थप क्षती पुर्याउने उनको भनाई छ । कोरोना संकटका समयमा निस्कृय जस्तै बनेको बजार व्यवस्था र वित्तीय अवस्थालाई उकास्न सरकारले प्रयाप्त पहल नगर्दा अर्थतन्त्र अझैसम्म पनि तग्रीन नस्केको उनको तर्क छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन कोराना महामारी पश्चात सरकारले निजीक्षेत्र मैत्री नीति कार्यक्रम ल्याउनुपर्नेमा त्यस्तो हुन नस्केको गुनासो गर्दै उनले सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने बताए । पछिल्लो समय देखिएको आर्थिक तरलता संकटका कारण उद्योगी व्यवसायीहरुले निकै असहज अवस्थाको सामना गरीरहेको उनको भनाई छ । माग र आपुर्तीबीच सन्तुलन मिलाएर अर्थतन्त्रलाई गती दिन सकिने भएपनि यसका लागी ब्यवसायीहरुले सहुलीसयत दरमा बैंकबाट कर्जा पाउनुका साथै सरकारले पनि विभिन्न खाले छुट सुविधा उपलब्ध गराउनुपर्ने उनको तर्क छ । 

रुस र युक्रेन बिच चलिरहेको युद्धले पेट्रोलियम पर्दाथको मुल्य बढ्न गई अर्थतन्त्रलाई झन नाजुक स्थतीमा पुर्याउने भएकाले सरकारले वैकल्पीक उपाय खोज्नुपर्नेमा  पनि उनको जोड रहेको छ । उनले पेट्रोलियम पर्दाथको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने सबैभन्दा भरपर्दाे उपाय जलविद्युत भएपनि सरकारको प्रभावकारी नितीको अभावमा प्रयाप्त मात्रामा उत्पादन हुन नसकेको बताए । साथै सरकारले लगानीयोग्य विश्वासको वातावरण बनाउन नस्कदा वैदेशिक बहुराष्ट्रीय लगानी भित्रीन नसकेको उनको जीकीर छ । 

देश विकाश र आर्थीक संमृद्धीको अबको मार्ग भनेकै निजीक्षेत्र मैत्री सरकारी निती र वैदेशिक लगानी योग्य वातावरण भएको उनको मान्यता छ ।

उनीसँगकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको